काठमाडौ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालले विदेशसँगको व्यापारमा ७ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले बुधबार सार्बजनिक गरेको तथ्यांक अनुसार यो गत बर्षको तुलनामा १०.१५ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको पुस सम्ममा नेपालको विदेशसँगको व्यापार ७ खर्ब २३ अर्ब रुपैयाँ बराबरको घाटा व्यहोरेको थियो ।
त्यस्तै नेपालले गत पुसमसान्तसम्ममा ९ खर्ब३९ अर्ब रुपैयाँ बराबरको बस्तु नेपाल भित्र्याएको छ भने एक खर्ब ४२ अर्ब रुपैयाँ बराबरको बस्तुहरु नेपालबाट विभिन्न मुलुकमा बेचेको थियो । यो रकम गत आर्थिक महिनाको पुस मसान्तसँग तुलना गर्दा क्रमशः १४.१८ र ४३.७६ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा सवैभन्दा बढी पेट्रोलियम पदार्थको रहेको छ । पुस मसान्तसम्ममा नेपालमा ५८ अर्ब २७ करोड ९२ लाख रुपैयाँबराबरको ६ लाख ३० हजार २ सय ५६ किलोलिटर डिजेल नेपाल भित्रिएको छ । त्यस्तै ३३ अर्ब ७ करोड २१ लाख रुपैयाँबराबरको ३ लाख ८० हजार २ सय ३५ किलोलिटर पेट्रोल नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।
यस्तै २७ अर्ब ४ करोड २० लाख रुपैयाँबराबरको २७ करोड ४८ लाख ५ हजार किलो खाना पकाउने ग्यास, ९ अर्ब ९३ करोड ८७ लाख रुपैयाँबराबरको हवाई इन्धन नेपाल भित्रिएको छ ।
प्रतिक्रिया