वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा आचार्य

अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा आचार्य
अर्थटुडे
२०८२ माघ १२, सोमबार

काठमाडौ । नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा श्याममणि आचार्य पुनः निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको संघको २१औं साधारणसभा तथा दशौं अधिवेशनबाट आचार्यले दोस्रो कार्यकालका लागि नेतृत्व पाएका हुन्।

उनको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संघको उपाध्यक्षमा सुरज प्रजापति, महासचिवमा कृष्ण चौलागाईं, सचिवमा विजय थापा, कोषाध्यक्षमा राम गोपाल फुँयाल र सह–कोषाध्यक्षमा महेश जोशी छन्।

त्यस्तै कार्यसमिति सदस्यहरूमा राम हरि गौतम, शिवराम श्रेष्ठ, आदर्श क्षेत्री, रेजिन कोजु, कृष्ण हरि गौतम, प्रदिप ढकाल, सन्तोष घिमिरे, बिपिन चौलागाईं र उज्ज्वल बानिया चयन भएका छन्।

आफूले रिकन्डिसन व्यवसायीहरूको हकहितका लागिनिरन्तर काम गर्दै आइरहेको र आगामी दिनमा पनि गर्ने नव निर्वाचित अध्यक्ष आचार्यले प्रतिवद्धता जनाए ।
कार्यक्रममा विभिन्न अटो मोबाइल कम्पनीहरू एमएडब्लु राइड्स , सीजी मोटर्स, हंसराज हुलासचन्द र जगदम्बा मोटर्सले स्टल प्रदर्शनका साथै विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?