वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फेक रेस्क्यु मार्फत तीन अर्ब झ्वाम, ६ जना पक्राउ

फेक रेस्क्यु मार्फत तीन अर्ब झ्वाम, ६ जना पक्राउ
अर्थटुडे
२०८२ माघ १२, सोमबार

काठमाडौ । ‘फेक रेस्क्यु’ मार्फत कुल १९.६९ मिलियन अमेरिकी डलर (करिब २ अर्ब ९० करोड नेपाली रुपैयाँ) बराबरको शंकास्पद बीमा दाबी गरेको पाइएपछि नेपाल प्रहरीले ३ वटा कम्पनीका ६ जनालाई पक्राउ गरेको छ ।

आइतबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)ले उनीहरुलाई फेक रेस्क्यु गरी करोडौ रकम ठगी गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।
सीआईबी प्रमुख एआईजी मनोज केसीका अनुसार पक्राउ पर्नेहरूमा माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया रहेका छन् ।

एभरेस्ट एक्स्पेरेन्स एन्ड एसीस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक एवं प्रबन्धक सुभाष केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्वतारोहण तथा पदयात्रा (ट्रेकिङ) मा आउने विदेशी पर्यटकलाई नक्कली बिरामी बनाएर ‘फेक रेस्क्यू’ मार्फत करोडौँ डलर ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

आइतबार पत्रकार सम्मेलन गर्दै सीआईबीले नक्कली उद्धारका कागजात तयार पारी अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूबाट रकम असुल्ने गिरोहलाई सार्वजनिक गरेको हो ।

उनीहरूले विदेशी पर्यटक सामान्य बिरामी पर्दा वा नपर्दा पनि हेलिकप्टर चार्टर गरेको नक्कली बिल र कागजात बनाएर बीमा दाबी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

सबैभन्दा बढी माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १,२४८ जनामध्ये १७१ जनाको उद्धारलाई शंकास्पद देखाएर १ करोड ३ लाख १० हजार २७६ डलर दाबी गरेको छ ।
त्यस्तै, नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जनाको उद्धारमा ७५ जनाको फेक रेस्क्यू गरी ८२ लाख ३४ हजार ८२ डलर र एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ मध्ये ७१ जनाको शंकास्पद उद्धार देखाएर ११ लाख ५३ हजार ९१९ डलर दाबी गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?