वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डिजी हबको सिष्टममा समस्या आउदा आइतबार १३ ब्रोकर कम्पनीको काम ठप्प

अर्थटुडे
२०८२ माघ ११, आईतवार

काठमाडौ । आइतबार १३ वटा ब्रोकरले टिएमएसमा देखिएको गडबडीका कारण कारोबार गर्न पाएनन् । डिजी हबको सिष्टम मार्फत टिएमएस चलाएका १३ कम्पनीले सिष्टममा आएको समस्याका कारण कुनै पनि कारोबार गर्न पाएनन् ।

आइतबार सन सेक्युरिटिजसहित टिएमएसमा समस्या भोग्ने ब्रोकरहरुमा सेक्योर्ड, स्वर्णलक्ष्मी सेक्युरिटिज, एनआईएमबी स्टक मार्केट्स, हिमालयन ब्रोकरेज, प्रज्ञान सेक्युरिटिज, रोड सो सेक्युरिटिज, अरुण सेक्युरिटी, मनि वल्र्ड सेयर एक्सचेञ्ज रहेका छन्।

त्यस्तै नेपाल स्टक हाउस, डाइनामिक मनि म्यानेजर्स, स्वेता सेक्युरिटिज र कालिका सेक्युरिटिज रहेका छन् । स्वेता र कालिकाको टिएमएसबाट पनि केही लगानीकर्ता सेयर बिक्री गर्न भने आंशिक रुपमा पाएका थिए । त्यहाँबाट सेयर खरिद ठप्प बनेको थियो ।

डेटा र एप्लीकेसनवेस सर्भरविच कनेक्सन नहुदा सो सिष्टम लिएका कुनैपनि ब्रोकरको कारोबार नभएको हो । यो कुरा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई समेत जानकारी रहेको र डिजी हबलाई स्पष्टीकरण सोध्नेबारे नेप्सेमा छलफल भइरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?