काठमाडौ । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्बेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई दिएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अर्को व्यवस्था नभएसम्मको लागि पौडेलाई अध्यक्षको जिम्बेवारी दिने निर्णय गरेको हो ।
यसअघि गत असोज गते बसेको सुशीला कार्की नेतृत्वको अन्तिम सरकारले प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव जनकराज शर्मा नियुक्त गरेको थियो।
यसअघि केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव सेवन्त पोखरेललाई नियुक्ति गरेको थियो। तर, जेनजी आन्दोलनपछि गठित अन्तिम सरकारले पोखरेललाई फिर्ता बोलाएर शर्मालाई नियुक्त गरेको थियो।
पोखरेल प्राधिकरणमा जानुअघि शरद ओझा अध्यक्ष थिए। तर, नियुक्ति प्रक्रियाका क्रममा पेस गरेको कार्यानुभवको प्रमाणपत्रबारे उजुरी परेपछि तत्काली सरकारले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बन भएका थिए ।
प्रतिक्रिया