वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय लगानीलाई थप सहजीकरण गर्न लगानी बोर्डले तोक्यो आर्थिक कुटनीति सम्पर्क व्यक्ति

अन्तर्राष्ट्रिय लगानीलाई थप सहजीकरण गर्न लगानी बोर्डले तोक्यो आर्थिक कुटनीति सम्पर्क व्यक्ति
अर्थटुडे
२०८२ माघ १५, बिहीबार

 काठमाडौं । आर्थिक कुटनीतिमार्फत नेपालमा अन्तर्राष्ट्रिय लगानीलाई थप सहजीकरण र प्रवर्धनमा समन्वय गर्न लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कुटनीति सम्पर्क व्यक्ति तोकेको छ ।

लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार आर्थिक कुटनीति सम्पर्क व्यक्तिले परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग समन्वय गरी नेपालमा लगानी वृद्धिका लागि सहजीकरण गर्नेछन् । त्यसैगरी नेपालमा लगानीबारे अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन, सूचना आदान प्रदान गर्न र  देखा परेका समस्याहरुलाई समाधान गर्न पनि भूमिका निर्वाह गर्नेछन् ।

केही समय अघि लगानी बोर्डको सहकार्यमा परराष्ट्र मन्त्रालयले आयोजना गरेको बैठकमा विदेशस्थित कुटनीतिक नियोगका प्रतिनिधिहरुले सम्पर्क व्यक्तिको व्यवस्था भए नेपालमा लगानीबारे बुझ्न र लगानी वृद्धिका लागि सकारात्मक भूमिका निर्वाह गर्न सक्ने धारणा व्यक्त गरेका थिए ।

लगानी बोर्डले आर्थिक कुटनीति सम्पर्क व्यक्ति तोकेको जानकारी परराष्ट्र मन्त्रालयलाई गराएको छ ।

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?