वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाणिज्य बैंकहरुको नाफा साढे ३० अर्ब

बाणिज्य बैंकहरुको नाफा साढे ३० अर्ब
अर्थटुडे
२०८२ माघ १६, शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्ष आव २०८२/८३ को पुससम्म बाणिज्य बैंकहरुले साढे ३० अर्ब रुपैयाँ नाफा गरेका छन् ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आव २०८२/८३ को पुससम्म २० ओटा बाणिज्य बैंकहरुले कुल ३० अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका हुन् । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ११ दशमलव ५१ प्रतिशतले बढी हो । गत आवको पुससम्म बाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।

नेपाल राष्ट्र बैंकले दिएको नीतिगत सहूलियत, ऋण असुलीमा सुधार, गैरसञ्चालन आम्दानीमा बृद्धिलगायतका कारणले बैंकहरुको नाफामा सकारात्मक प्रभाव देखिएको छ । तर, बैंकहरुको बैंकहरुको उठाउन बाँकी ब्याज बृद्धिका साथै कर्जा जोखिम, गैरबैंकिङ सम्पति जोखिमलगायतका नियमनकारी समायोजनमा छुट्याउनुपर्ने रकम वृद्धि हुँदा वितरणयोग्य नाफा नकारात्मक हुन पुगेको हो ।

चाल आवको पुससम्ममा लक्ष्मी सनराईज बाहेक सबै बाणिज्य बैंकहरु नाफामा देखिएका छन् । गत आवको तुलनामा १२३ प्रतिशत नाफा घट्दा लक्ष्मी सनराईज २७ करोड ३६ लाख घाटामा व्यहोरेको छ ।

सबैभन्दा बढी नविलको नाफा ४६ दशमलव ७१ प्रतिशत वृद्धि भई ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । गत आवको पु्ससम्मको तुलनामा चालु आवको पुससम्ममा ११ ओटा बैंकहरुको नाफा सकारात्मक हुँदा ९ ओटा बैंकहरुको घटेको छ । बृद्धिदरका आधारमा भने सबैभन्दा बढी कुमारी बैंकको नाफा ८८६ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?