वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बालेनको प्रचारमा बेहोस भएका पत्रकारको निधन

बालेनको प्रचारमा बेहोस भएका पत्रकारको निधन
अर्थटुडे
२०८२ माघ १८, आईतवार

काठमाडौ । चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा अछाममा सहभागी भइरहेका बेला बेहोस भएका पत्रकार सिटौलाको आइतबार निधन भएको हो ।

पत्रकार सिटौला चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्षसमेत हुन् । सिटौलाको उपचारका क्रममा आइतबार ग्राण्डी अस्पतालमा निधन भएको हो । बालेनको चुनावी प्रचारमा सहभागि हुने क्रममा बेहोस भएपछि शुक्रबार सिटौलालाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँको ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार उनको ब्रेन ह्यामरेसका कारण निधन भएको हो । अस्पताल प्रशासनले विज्ञप्ति निकाले भनेको छ, ‘गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिको कुनै संकेत थिएन । बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्थ दिइयो ।’

त्यस्तै विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरियो जुन पोजेटिभ थियो, जसले स्वतः श्वासप्रश्वास नभएको जनाउँछ । र उहाँको १२ः४५ बजे निधन भएको जानकारी गराउँछौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?