काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उदयपुर सिमेन्टको महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको आरोपमा आयोगले निमित्त महाप्रबन्धक नवल किशोर साह, नायव महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेश साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, अर्का प्रमुख हरि अधिकारी, बिक्री विभाग प्रमुख रामबहादुर जिसीमाथि मुद्दा चलाएको हो ।
अख्तियारले तत्कालिन महाप्रबन्धक सुरेन्द्र पौडेलसँग १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विगो दावी गरेको भने तत्कालिन निमित्त महाप्रबन्धक नवल किशोर साहसँग ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ विगो दावी गरिएको छ ।
त्यस्तैगरी तत्कालिन नायव महाप्रबन्धक महेश प्रसाद काफ्लेसँग १२ करोड ६३ लाख, संजयकुमार लाल लगायतका बाँकी अन्यसँग भने ४६ करोेड ५२ लख ७४ हजार ४२६ रुपैयाँ विगो माग गरिएको छ ।
आयोगका अनुसार उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको छानविन प्रतिवेदनबाट सो उद्योगमा गम्भीर अनियमितता खुलेको हो । त्यस्तै महालेखा परिक्षकको लेखापरिक्षणले पनि सो प्रतिवेदनलाई पुष्टी गरेको छ । छानविनका क्रममा क्लिंकरको खपत बढी देखाइएपनि उत्पादन भने कम भएपछि थप छानविन गरिएको थियो।
उनी पुनर्बीमा कम्पनीमा अध्यक्ष समेत हुन् । अख्तियारले मद्धा दायर गरेपछि उनको अध्यक्ष पद स्वतः निलम्बनमा परेको हो ।
प्रतिक्रिया