काठमाडौ । नेपालीहरुले ६ महिनामा ३८ अर्ब ९ करोड रुपैयाँ विभिन्न देश घुमेर नै सकेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीहरु गत साउनदेखि पुस मसान्तसम्ममा सो रकम विदेश घुमेर नै सकेका छन् । यो गत आर्थिक बर्षको पुस मसान्तको भन्दा १६.९८ प्रतिशतले कम हो ।
गत पुस मसान्तसम्ममा नेपालीहरुले ४४ अर्ब ५६ करोड रुपैयाँ विदेश घुमेर सकेका थिए । केन्द्रिय बैंकका अनुसार गत आर्थिक बर्षको ६ महिनासम्ममा नेपालीहरुे ४४ अर्ब ५६ करोड रुपैयाँ विभिन्न देशको भ्रमणमा सकेका थिए ।
जेनजी आन्दोलन, प्रतिनिधिसभको चुनाव तथा डलरको मुल्यमा भएको उच्च बृद्धिका कारण गत बर्षभन्दा विदेश भ्रमणमा जानेहरु एक चौथाइ कम भएको राष्ट्र बैंकको भनाई छ ।
त्यस्तै चालु आर्थिक बर्षको ६ महिनामा नेपालबाट ६७ अर्ब ४७ करोड रुपैयाँ शिक्षाको लागि विदेशीएको छ । गत आर्थिक बर्षको ६ महिनामा भने जम्मा ५६ अर्ब ७७ करोड रुपैयाँ शिक्षाको लागि विदेशीएको थियो ।
केन्द्रिय बैंकको तथ्यांक अनुसार पुस मसान्तसम्ममा खुद सेवा आय ४१ अर्ब ५५ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २९ अर्ब ४७ करोड रुपैयाँले घाटामा रहेको थियो ।
सेवा खाताअन्तर्गत पुस मसान्तसम्ममा भ्रमण आय ०.८ प्रतिशतले वृद्धि भई ४२ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४१ अर्ब ८८ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया