वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु बैंकमा शेरचनको राजीनामा, नयाँ सिइओमा सुमन शर्मा नियुक्त

प्रभु बैंकमा शेरचनको राजीनामा, नयाँ सिइओमा सुमन शर्मा नियुक्त
अर्थटुडे
२०८२ माघ २०, मंगलवार

काठमाडौ । प्रभु बैंकको प्रमूख कार्यकारी अधिकृत (सिइओ) मा बैंकर सुमन शर्मा नियुक्त भएका छन् । बैंकिङ कसुरमा तत्कालिन सिइओ अशोक शेरचनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)ले पक्राउ गरी अनुसन्धान थालेपछि बैंकको संचालक समितिले निलम्बन गरेको थियो ।

शेरचन निलम्बनमा परेपछि संचालक समितिले बैंककै डिसिओ निरज लम्साललाई कायम मुकायम सिइओको जिम्मेवारी तोकेको थियो । निरज लम्सालले मंसिर १४ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

लामो समय कायम मुकायमको भरमा बैंक चल्न नसक्ने भन्दै निलम्बित शेरचनलाई बोर्डले राजीनामा दिनका लागि फोर्स गरेको थियो । गत आइतबार बैंकका निवर्तमान सीईओ शेरचनले राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत गर्दै संचालक समितिले शर्मालाई नियुक्त गरेको हो ।

बैंकर शर्मासँग सनराइज, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे, एनएमबी बैंकलगायतमा काम गरेको अनुभव छ । शर्मा बैकिङ क्षेत्रको राम्रो दख्खल राख्ने मानिसमा गनिन्छन् । उनी सिइओ भएसँगै प्रभू बैंंकको इमेज सुधार हुने समितिले अपेक्षा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?