काठमाडौ । विश्वका सवैभन्दा धनी एलनमस्कको सम्पत्ति ८५० विलियन डलर पुगेको छ । सो रकम ११३ लाख करोड नेपाली रुपैयाँ बराबरको हो ।
विश्व प्रसिद्ध अमेरिकी आर्थिक म्यागेजिन फोब्र्सका अनुसार मस्कले एकै दिनमा मात्रै ८४ बिलियन डलर (करिब ११ लाख करोड नेपाली रुपैयाँ) थपेर इतिहासकै सबैभन्दा धनी व्यक्तिको कीर्तिमान रचेका हुन् ।
फोब्र्सका अनुसार, मस्कको यो चमत्कारिक छलाङको मुख्य कारण उनको रकेट कम्पनी ’स्पेसएक्स’ ले आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप ’एक्सएआइ’ लाई खरिद गर्नु हो ।
पहिले दुई अलग अस्तित्वमा रहेका यी कम्पनीहरू गाभिएर अहिले १.२५ ट्रिलियन डलरको एउटै महाशक्ति कम्पनी बनेको छ । जसले मस्कको ढुकुटीमा रातारात ८४ बिलियन डलर थपिदिएको हो । पछिल्लो ४ महिनामा मात्रै उनको नेटवर्थ ७० प्रतिशतले बढेको फोब्र्सले जनाएको छ ।
अक्टोबर २०२५ सम्म ५०० बिलियन डलरको आँकडामा रहेका उनी डिसेम्बरको मध्यतिर ६०० बिलियन, डिसेम्बर १९ मा ७०० बिलियन र अहिले जनवरी २०२६ सम्म आइपुग्दा ८५० बिलियन डलरका मालिन हुन् ।
फोव्सका अनुसार विश्वका दोस्रो धनीमा गुगलका सह–संस्थापक ल्यारी पेज छन् । ःल्यारी पेजभनदा एलनमस्क तीन गुणा बढी धनी भइसकेका छन्।
ल्यारी पेजको सम्पत्ति २८१ बिलियन डलर रहेको छ ।
टेस्ला, स्पेसएक्स र न्यूरालिंक जस्ता कम्पनीहरू स्थापना गरी भविष्यको प्रविधिमा लगानी गरेका मस्कको यो सफलताले संसारलाई चकित बनाएको छ।
मस्कको सम्पत्ति नेपाल, पाकिस्तान, श्रीलंका र बंगलादेशको कुल अर्थतन्त्र जोड्दा पनि बढी आउछ ।
एउटै व्यक्तिको निजी सम्पत्तिले दर्जनौँ देशको अर्थतन्त्रलाई उछिन्नु विश्वकै लागि एउटा अनौठो र ऐतिहासिक परिदृश्य बनेको छ।
प्रतिक्रिया