वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टेलिकमको बाषिकोत्सव, कर्मचारीहरुको विरोध प्रदर्शन

टेलिकमको बाषिकोत्सव, कर्मचारीहरुको विरोध प्रदर्शन
अर्थटुडे
२०८२ माघ २२, बिहीबार

काठमाडौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२ औँ वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुले मौन विरोध गरेका छन् । बिहीवार टेलिकममा आबद्ध तीनवटा कर्मचारी सङ्गठनहरूले विरोध प्रदर्शन गरेका हुन् । कर्मचारीहरुले ‘हामी अन्यायमा छौ, न्यायका लागि हाम्रो आवाज’ भन्ने व्यानर बोकेर विरोध जनाएका हुन् ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वर्कर्स युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमले संयुक्त रुपमा विरोध जनाएका हुन् ।
आवधिक बढुवा, कर्मचारी विनियावली संशोधन, सेवा सुविधामा बढोत्तरी लगायका माग राखेका छन् । आवधिक बढुवा गरियोस्, कर्मचारी विनियमावलीको संशोधन गरियोस्, सेवा सुविधा हाम्रो अधिकार हो लगायतका नारा लेखेका प्लेकार्ड बोके विरोध गरिरहेका थिए ।

विनियावलीमा संशोधन नहुदा विगत लामो समयदेखि कर्मचारीहरु एउटै पदमा बसेर काम गरिरहेका छन् । कर्मचारीहरुका अनुसार कर्मचारी विनियमावली २००८ पछि वृत्तिविकास अवरुद्ध भएको भन्दै अधिकृत तहमा बढुवा रोकिँदा संरचनागत असन्तुलन सिर्जना भएको छ ।

त्यस्तै साधारणसभाबाट स्वीकृत बोनस तथा नेपाल सरकारको निर्णयअनुसारको महँगी भत्ता वितरण रोकिएकोप्रति पनि युनियनहरूले आपत्ति जनाएका छन् ।
सुविधाको अवरोधले कर्मचारी मनोबल घटेको र उत्पादनशीलता प्रभावित भएको उनीहरूको भनाइ छ । उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी संस्थाको बिलिङ प्रणाली, परियोजना ढिलाइ, कर्मचारी वृत्तिविकास र सेवाग्राही अधिकार लगायत विषय तत्काल सुधार गर्न माग गरेका छन् ।

हाल प्रयोगमा रहेको बिलिङ प्रणाली पुरानो भएको, नयाँ बिलिङ प्रणाली कार्यान्वयन पटक–पटक ढिलाइ हुँदा आर्थिक कारोबार तथा सेवाग्राहीका संवेदनशील विवरण जोखिममा परेको र केही इन्टरनेट सेवा प्रदायकले आवश्यक अनुमति बिना सेवा विस्तार गरिरहेकोले यसमा कडा नियमन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

टेलिकमले २ आर्थिक वर्षको ३०,३० प्रतिशतका दरले बोनश दिने निर्णय गरेको छ । टेलिकमले बोनशबाटै ५ अर्ब ४० करोड रुपैयाँ बाँड्न लागेको छ । टेलिकमलाई दूरसञ्चार प्राधिकरणले भने सचेत गराएको छ ।

प्राधिकरणले गत वर्ष नवीकरणमा दिएको छुटका कारण बढेको नाफालाई बोनशका रुपमा बाँड्न लागिएको भन्दै आगामी वर्षमा पनि नाफामा लैजानुपर्ने भएकोले सुविधाबाट पाएको नाफाबाट वोनश बाँड्नु उचित नहुने नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?