काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव एवं नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की अध्यक्ष लक्ष्मीकुमारी बस्नेतले देशभरका ७ सय ४९ स्थानीय तहहरुमा फोरजी सेवाको पहुँच विस्तार भएको बताएकी छन् ।
बिहीवार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सवका अवसरमा उनले नेपालमा डिजिटल डिभाइड धेरै भएपनि त्यसको न्युनिकरणमा टेलिकमले उल्लेख्य भुमिका निर्वाह गरेको दावी गरिन् ।
उनले विशेषगरी दुर्गम क्षेत्रमा ई–डिजिटल सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माण जरुरी रहेको बताईन् । पुर्वाधार निर्माणले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नुका साथै मुलुकको डिजिटलाइजेसन अभियानलाई थप गति दिने पनि स्पट पारिन् ।
टेलिकमले सेवाको गुणस्तर र सर्वसुलभता अझै वृद्धि गर्नुपर्ने उल्लेख गर्दै उनले प्रत्येक नेपाली बसोबास गर्ने स्थानमा वायरलेस र वायरलाइन दुवै प्रकारका दूरसञ्चार सेवाको पहुँच पुर्याउन आवश्यक रहेको उनको दावी थियो ।
‘सबै शहर तथा गाउँमा ‘फाईवर टु द होम’ सेवा विस्तारमार्फत उच्च गतिको ब्रोडव्याण्ड सेवा पुगेको छ । टेलिकमले देशेको प्रमुख सेवा प्रदायकको रुपमा कनेक्टिभिटि उपलब्ध गराई टेलिहेड, टेलिमेडिसियन, टेलि एजुकेशन जस्ता सेवाको विकासलाई ध्यान दिनुपर्ने देखिन्छ ।’ बस्नेतले भनिन् ।
सचिव बस्नेतका अनुसार प्रत्येक नेपाली बसोबास गर्ने स्थानमा वायरलेस र वायरलाईन दुबै प्रकृतिको दूरसञ्चार सेवाको पहुँच पुर्याउन आवश्यक छ । यसको लागि मन्त्रालयले ग्रामिण दुरसञ्चार विकास कोष, पहिचान लगायत अन्य कार्यक्रममार्फत आवश्यक सहजीकरण गर्दै आएको छ ।’
प्रतिक्रिया