वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गैरवैकिङ सम्पति बिक्री गर्दा सहकारी बैंक ५५ लाख नाफामा

गैरवैकिङ सम्पति बिक्री गर्दा सहकारी बैंक ५५ लाख नाफामा
अर्थटुडे
२०८२ माघ २५, आईतवार

काठमाडौं । असुल हुन नसकेको कर्जाको धितो लिलामी गरी सकारेको गैर सम्पति बिक्री गर्दा राष्ट्रिय सहकारी बैंक नाफामा देखिएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पुससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले ५५ लाख २७ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक ४५ करोड ९७ लाख ३१ हजार रुपैयाँभन्दा बढी नोक्सानमा थियो ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत त्रैमासिक नाफा–नोक्सान हिसाब बिवरण अनुसार बैंकको खुद ब्याज आम्दानी तथा खुद शुल्क र कमिशन आम्दानी भारी मात्रामा घटेको छ । तर बैंकले गैरबैंकिङ सम्पति बिक्री गरी यसको जोखिम वापत छुट्याएको रकम फिर्ता हुँदा नाफा बढेको हो ।

बैंकको निक्षेप थोरै वृद्धि देखिएपनि कर्जा प्रवाह भने उच्च मात्रामा घटेको छ । बैंकको कर्जा प्रवाह घट्दै ११ अर्बमा झरेको छ । कर्जा प्रवाह घट्दै गएपछि खराब कर्जा अनुपात ३५ प्रतिशत नाघेको छ । यसैगरी तरलता पनि ६४.६० प्रतिशत पुगेको छ ।

बैंकले गत आवको पुसम्मको तुलनामा शेयर पुँजी बृद्धि गरी २ अर्ब ९० करोड ४४ लाख रुपैयाँ पुर्याएको छ । जसको कारण पुँजीकोष अनुपातमा सुधार गरी २ दशमलव २२ प्रतिशत कायम गरेको वित्तीय विवरणमा उल्लेख छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?