वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युरोप पठाइदिन्छु भन्दै ४० लाख ठगी गरेको आरोपमा चार महिला र एक पुरुष पक्राउ

अर्थटुडे
२०८२ माघ २६, सोमबार

काठामाडौ । युरोपियन देश पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ४० लाख रुपैयाँ भन्दा बढी ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौ किर्तिपुर नगरपालिका २ की विना महर्जन, विन्दा महर्जन, बाग्लुङ कोठेखोला गाउपालिका २ की कोपिला शर्मा, धनकुटा नगरपालिका २ का सन्तोष राई र काभ्रे चौरी देउराली नगरपालिका ९ की कुमारी तामाङ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमध्ये विना र विन्दाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, कोपिलाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रूपैयाँ, सन्तोषले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७० हजार रूपैयाँ र कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ६० हजार रूपैयाँ लिएको पाइएको छ ।

सो रकम लिएर उनीहरु सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो
प्रहरीले विना र विन्दालाई काठमाडौं महानगरपालिका–११ बाट तथा कुमारीलाई काठमाडौं महानगरपालिका–४ बाट आइतबार, कोपिलालाई काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ बाट र सन्तोषलाई काठमाडौं महानगरपालिका–२६ बाट शनिबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?