वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्घाखाँचीको पाणिनी गाउँपालिका सवैभन्दा उत्कृष्ट

अर्घाखाँचीको पाणिनी गाउँपालिका सवैभन्दा उत्कृष्ट
अर्थटुडे
२०८२ माघ २९, बिहीबार

काठमाडौ । पाणिनी गाउँपालिका देशैभरबाट उत्कृष्ण भएको छ । अर्घाखाँची जिल्लामा रहेको सो गाउँपालिकाले कार्यसम्पादन मुल्यांकनमा ८३.८४ अंक सहित उत्कृष्ट गाउँपालिका बन्न सफल भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार देशभरबाट ८० अंक कटाउने स्थानीय तह जम्मा ४ वटा मात्र रहेको छ ।

अन्य तीनवटा स्थानीय तहमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८२.१५ अंकसहित दोस्रो स्थानमा रहेको छ भने गुल्मीको मालिका गाउँपालिका ८१.९८ अंक सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी गुल्मीकै धुर्कोट गाउँपालिकाले ८०.५२ प्रतिशत अंक ल्याएर चौथो भएको छ ।

आयोगका अनुसार कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेशका अधिकांश स्थानीय तहको अंक कमजोर आएको छ । कार्यसम्पादनका हिसावले सवैभन्दा कमजोर रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको रहेको छ । सो स्थानीय तहले जम्मा ३०.९१ अंक पाएको छ भने सोही जिल्लाको वृन्दावन नगरपालिकाले ३१.६९ अंक पाएर दोस्रो सवैभन्दा कमजोर बनेको छ ।

आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको समेतलाई आधार बनाएको छ ।

यसैगरी आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे÷नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।

आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए÷नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेकोलाई समेत सूचक मानिएको छ ।

यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?