काठमाडौ । कर्जाको मागमा बृद्धि नहुदा तथा विदेशबाट नेपालमा भित्रने रकममा बढोत्तरी हुदा नेपालको वित्तिय प्रणाली असहज अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार सम्ममा बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप ७७ खर्ब ४ अर्ब पुगेको छ । जुन अहिलेसम्मकै सवैभन्दा बढी हो । यो निक्षेप देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुपातमा २६.१५ प्रतिशतले बढी हो ।
त्यस्तै सोही दिनसम्ममा बैंक तथा वित्तिय संस्थाहरुको कर्जा प्रबाह भने ६९ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। यो पनि नेपालको जिडीपीको अनुपातमा १२ प्रतिशतले बढी हो । राष्ट्रिय तथ्यांकक कार्यालयका अनुसार यो अवधिमा देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) ६१ अर्ब ७ अर्ब रहेको छ ।
प्रतिक्रिया