वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाली भाषाको चार दिग्गजलाई झपट पुरस्कार

नेपाली भाषाको चार दिग्गजलाई झपट पुरस्कार
अर्थटुडे
२०८२ फाल्गुन १४, बिहीबार

काठमाडाै ।झपट पुरस्कार व्यवस्था समितिले नेपाली भाषा र साहित्यमा योगदान पुर्याएका चारजना दिग्गजहरुलाई झपट पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष अरुण राणाको अध्यक्षातामा विहिबार बसेको बैठकले सो निर्णय गरेको हो ।

पुरस्कृत हुनेमा  सनत रेग्मी र राजेन्द्र थापा, डा.गोपालप्रसाद शर्मा  र डा.कान्छी महर्जन रहेका छन् । समितिका अनुसार रेग्मी र थापालाई जनही एकएक लाख रुपियाँ राशि तथा डा.गोपालप्रसाद शर्मा र डा.कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपियाँ राशिको झपट पुरस्कार प्रदान गरिने भएको हाे ।

आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएकाे भन्दै रेग्मीलाई झपट पुरस्कार प्रदान गरिने भएको हाे भने शब्दमार्फत नेपाली भाषालाई जनप्रिय बनाउन उद्धत गीतकार जनरल थापालाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरिने भएको हाे ।

नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने डा.गोपालप्रसाद शर्मा र डा.कान्छी महर्जनलाई ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ प्रदान गरिने निर्णय भएको समितिका सदस्य सचिव रेखा राणाले जानकारी दिइन् ।

इन्दिरा प्रसाईको संयोजकत्वमा गठित प्रा.डा.हेमचन्द्र नेपाल र प्रा.डा. भरतकुमार भट्टराई सदस्य रहेको झपट पुरस्कार छनौट समितिले पुरस्कृत स्रष्टाहरुको नाउँ सिफारिस गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?