वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आयल निगमले भन्यो

पेट्रोलियम आपूर्ती र बिक्री नियमित, अनावश्यक भण्डार नगर्नुहोस्

पेट्रोलियम आपूर्ती र बिक्री नियमित, अनावश्यक भण्डार नगर्नुहोस्
अर्थटुडे
२०८२ फाल्गुन १९, मंगलवार

काठमाडौं । इरानमाथी अमेरिका र इजरायलले सुरु गरेको सैन्य आक्रमण र त्यसको जवाफमा इरानले विभिन्न देशमा आक्रमण गर्दा मध्यपुर्वी देशहरुमा तनाव बढेको छ । तेल उत्पादक राष्ट्रहरुमा बढेको द्धन्द्धले भाउँ बढ्ने र आपुर्तीमा समेत समस्या हुने भन्दै नेपाली उपभोक्ताहरुमा त्रास देखिएको छ ।

आइतबार साझदेखी नै पेट्रोल पम्पहरुमा लामो लाइन देखिन थालेको छ । मंगलबार पनि उपत्यकामा पम्पहरुमा उपभोक्ताहरुको लामो लाइन छ ।

यता नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावका सार्वजनिक बिदामा पनि नियमित हुने बताए ।

‘पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत नियमित रूपमा भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ ।’ निगमको सुचनामा भनिएको छ । पेट्रोलियम पदार्थको अनावश्यक रूपमा क्यान, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित आगलागीजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको पनि बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?