काठमाडौं । जेनजी आन्दोलनपछि अबकी बार वालेन सरकार भन्ने नारा सहित चुनावमा होमिएका बालेन्द्र शाह (वालेन) अन्तत देशको प्रधानमन्त्री बनेका छन् । शुक्रबार १२ बजेर ३४ मिनेटको शुभ साइत पारेर राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् ।
बालेनको मन्त्रीपरिषद्मा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुधन गुरुङ, परराष्ट्रमा शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमा सुनिल लम्साल, ऊर्जा जलस्रोत तथा सिंचाइमा विराजभक्त श्रेष्ठ, पर्यटनमा खड्कराज पौडेल (गनेश) नियुक्त भएका छन् ।
यसैगरी शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता, सञ्चारमन्त्री विक्रम तिमिल्सिना, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, श्रम रोजगार मन्त्रीमा दीपक साह, कानुन मन्त्रीमा सोविता गौतम, कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रीमा गीता चौधरी र महिला, बालबालिका मन्त्रीमा सीता वादी रहेका छन् ।
प्रतिक्रिया