वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महासंघमा बढ्यो चुनावी सरगर्मी, घिमिरेको उमेदवारी दर्ता

महासंघमा बढ्यो चुनावी सरगर्मी, घिमिरेको उमेदवारी दर्ता
अर्थटुडे
२०८२ चैत्र २२, आईतवार

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत २९ र ३० गते हुने साधारणसभा तथा निर्वाचनका लागि वस्तुगततर्फको उपाध्यक्षमा शिवप्रसाद घिमिरेले उमेदवारी दर्ता गराएका छन् । उनलाई वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन छ ।

त्यस्तै सोही प्यानलबाट एसोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे र जिल्ला–नगरतर्फ उपाध्यक्षद्वयमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी दिएका छन् । घिमिरे समूहले १६ सदस्यीय पदका उम्मेदवारसहितको समूह केही दिन अघि सार्वजनिक गरेको थियो ।

वस्तुगततर्फको उपाध्यक्ष घिमिरेले उम्मेदवारी दर्ता पछि उद्योगी व्यवसायीहरु आफू र आफ्नो कामप्रति आकर्षित रहेको र उनीहरुले मत दिने भन्दै चुनाव जित्ने निश्चित भएको बताए। उनले चुनाव जितेपछि महासंघलाई साझा बनाउन सचिवालय सुधार गर्ने समेत बताए।

वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी दिएपछि घिमिरेले भने–‘पहिला शुरुआत नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय सुधारदेखि महासंघमा निजी क्षेत्रको गुनासो सुन्ने इकाइ स्थापना गरिनेछ । नेपालमा लगानीको वातावरण नहुनु भनेको नेपालका मौज्जुदा कानुन हुन । ती जटिलताको कारणले निजी क्षेत्रमा लगानीमैत्री वातावरण बन्न सकेको छैन् । अञ्जान श्रे्ष्ठको नेतृत्वमा निर्वाचित भएर आएपछि तीव्रताका साथ कामहरु अघि बढाइनेछ ।’

उनले सरकार पनि काम गर्न उत्साहित भएकाले महासंघमा जुझारु नेतृत्व जरुरी रहेको बताए । राजनीतिक रुपमा मुलुकले निकास पाइसकेकाले महासंघले समृद्धीतर्फ अघि बढाउन आगामी नेतृत्वले काम गर्ने बताए ।

यता महासंघका हालका अध्यक्ष चन्द्र ढकालको समर्थन पाएका वरिष्ठ उपाध्यक्षका प्रत्याशि हेमराज ढकाल समूह पनि मैदानमा छ । ढकाल समूहकी एसोसिएट तर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठसहितको उनको समूहले उम्मेदवारी बिहीवार दर्ता गराएको थियो । ढकाल समर्थित समूहमा सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत, गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, रामशरण थपलियालगायत रहेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?