काठमाडौं । मन्त्रीपरिषद् थप विस्तार भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्।
श्रममन्त्री दिपक कुमार साह श्रममन्त्रीबाट हटेपछि खाली भएको श्रम मन्त्रालय र प्रधानमन्त्रीकै मातहतमा रहेको उद्योग मन्त्रालयमा मन्त्री नियुक्त भएको हो ।
गौरीकुमारी प्रधानमन्त्री बालेनको गाउँका सांसद हुन् भने रामजी सप्तरी २ बाट निर्वाचित सांसद हुन्। उनीहरुलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खुवाउने तयारी छ। यद्यपि समय भने निर्धारण भइसकेको छैन।
प्रतिक्रिया