काठमाडौ । नेपाल धितोपत्र बोर्डले एकैपटक तीनवटा कम्पनीलाई प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने अनुमति दिएको छ । बोर्डले बुधबार यी कम्पनीहरूलाई विवरणपत्र प्रकाशन गर्न अनुमति दिएको हो ।
आइपीओ जारी गर्न अनिुमति पाउने कम्पनीहरुमा एभरेष्ट कलर लिमिटेड, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेड रहेको छ ।
बोर्डले एभरेष्ट कलर लिमिटेडले १०० रुपैयाँ अंकित ७ करोड ९) लाख रुपैयाँ बराबरको कुल ७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति दिएको छ । सो कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
यसैगरी माउण्ट एभरेष्ट पावर डेभलपमेण्टले १०० रुपैयाँ अंकित दरका कुल २५करोड ८० लाख अर्थात् २५ लाख ८० हजार कित्ता सेयर आइपीओ जारी गर्न अनुमति पाएको छ । यसको बिक्री प्रबन्धकको जिम्मेवारी एनआईबीएल एस क्यापिटल लिमिटेडले पाएको छ ।
त्यस्तै सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले पनि १०० रुपैयाँ अंकित दरका कुल ८ करोड ५० लख अर्थात् ८ लाख ५० हजार कित्ता सेयर निष्काशनका लागि स्वीकृति पाएको छ । यस कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
धितोपत्र बोर्डबाट विवरणपत्र प्रकाशनको अनुमति पाएसँगै अब यी कम्पनीहरूले छिट्टै सेयर निष्काशनको मिति तय गरी सार्वजनिक आह्वानपत्र जारी गर्नेछन् ।
प्रतिक्रिया