काठमाडौ । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका पुर्व कार्यकारी निर्देशक विकल पौडेल विरुद्ध जिल्ला अदालत काठमाडौमा दोस्रो अभियोग पत्र दर्ता गरेको छ ।
विभागले पौडेलले सम्पत्ति शुद्धिकरण गरेको देखिएको भन्दै उनी र उनकी श्रीमति एलिना बस्नेत विरुद्ध अडसठ्ठी करोड चौरानब्बे लाख पैंसठ्ठी हजार दुई सय चार र पैसा सत्तरी रुपैयाँ विगो माग दावी गरी बुधबार अदालतमा अभियोग पत्र दायर गरेको हो ।
विभागले पौडेलकी श्रीमति एलिना विरुद्ध ७ करोड एकासी लाख चवालिस हजार एकाउन्न रुपैयाँ र पौडेल विरुद्ध एकसट्ठी करोड तेह लाख एक्काईस हजार एक सय त्रिपन्न रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको भन्दै विगो कायम विगोको दोब्बर जरिवाना र कसूरको मात्रा अनुसार कैद सजायको माग तथा सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।
विभागले यसअघि २०८ असोज १४ गते विकल दम्पत्ति विरुद्ध विदेशी विनिमय अपचलन गरी कारोबार गरेको भन्दै ६२ करोड ६५ लाख ९१ हजार विगो कायम गरी मुद्धा दायर गरेको थियो ।

प्रतिक्रिया