वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रपति पौडेलद्धारा सहकारी सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्धारा सहकारी सम्बन्धी अध्यादेश जारी
अर्थटुडे
२०८३ बैशाख १७, बिहीबार

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् । बुधबार सरकारले सहकारी सम्बन्धी अध्यादेश जारी गर्नका लागि सरकारले सिफारिस गरेको थियो । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार संविधानको धारा ११४ को उपधारा १ बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको हो ।

सरकारले अन्य थप चारवटा अध्यादेश पनि जारी गर्नका लागि राष्ट्रपति पौडेल समक्ष पेश गरेको थियो । तर ति अध्यादेशहरुको बारेमा भने अध्ययन जरुरी रहेकोले अध्ययनकै क्रममा रहेको छ ।

सरकारले संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेश पनि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?