वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निजी क्षेत्रलाई अर्थमन्त्री डा.वाग्लेको सुझावः भनसुनका आधारमा काम गर्ने पुराना बानीहरु त्याग्नुस्

निजी क्षेत्रलाई अर्थमन्त्री डा.वाग्लेको सुझावः भनसुनका आधारमा काम गर्ने पुराना बानीहरु त्याग्नुस्
अर्थटुडे
२०८३ बैशाख २१, सोमबार

काठमाडौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्री वाग्लेले निजी क्षेत्रलाई पुराना बानीहरू त्यागेर पारदर्शी र उद्यमशील बाटो रोज्न सुझाव दिएका छन् । नेपाल उद्योग बाणिज्य महांघको ६० औ बार्षिक साधारणसभाको उद्घाटनमा बोल्दै उनले पहुँच र भनसुनका आधारमा मात्र काम हुने संस्कृतिको अब अन्त्य भएकोले परिवर्तित समयलाई आत्मसात गरी परिवर्तन हुन सुझाव दिएका हुन् । उनले इमानदार व्यवसायीका लागि अनुकूल वातावरण सिर्जना गर्ने प्रतिबद्धता समेत जनाए ।

‘विगतमा हाम्रो ब्युरोक्रेसी र रेगुलेटरी संयन्त्रका कारण इमानदार भएर व्यवसाय गर्छु भन्नेहरूका लागि वातावरण लगभग असम्भव जस्तै थियो,’ अर्थमन्त्री डा.वाग्लेले भने, ‘तर अब त्यो अवस्था रहँदैन । निजी क्षेत्रको सहभागिता बिना देशको विकास असम्भव छ, निजी क्षेत्र र सरकार सँगै अगाडी बढ्नुपर्छ ।

अर्थमन्त्री वाग्लेले प्रशासनिक र राजनीतिक संयन्त्रमा जकडिएको विचौलिया प्रवृत्ति र भ्रष्टाचारमाथि वर्तमान सरकार निर्मम हुने चेतावनी समेत दिए ।
त्यस्तै सरकारले प्रविधिको प्रयोग र सदाचारलाई बढावा दिँदै व्यावसायिक वातावरण सुधार गर्न काम गरिरहेको उनको दावी छ ।

डा.वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याएको ‘वाचापत्र’ मा टेकेर सरका अगाडी बढ्ने स्पष्ट पारे । मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको बताउँदै अब निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोचमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?