वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शेखर गोल्छा रिहा, म्याद थप्न अदालतको अस्वीकार

शेखर गोल्छा रिहा, म्याद थप्न अदालतको अस्वीकार
अर्थटुडे
२०८३ बैशाख २२, मंगलवार

काठमाडौ । काठमाडौ जिल्ला अदालतले म्याद थप्न अस्वीकार गरेपछि व्यवसायी शेखर गोल्छा रिहा भएका छन् । अदालतले बिमा सम्बन्धी कसुरमा गोल्छालाई थुनामा राखेर अनुसन्धान गर्नका लागि म्याद थप्न अस्विकार गरेको हो ।

हिजो (सोमबार) गोल्छा पाँच लाख धरौटी बुझाएर रिहा भए लगत्तै उनलाई बीमा सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) ले पुन नियन्त्रणमा लिएको थियो । गोल्छालाई सर्वोच्च आदालतले धितोपत्र सम्बन्धी कसुरमा धरौटी वा जमानमा रिहा गर्न सोमबार नै परमादेश जारी गरेको थियो ।

उनीविरूद्ध म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिल्ला अदालतसँग अनुमति मागेकामा न्यायाधीश मोना सिंहको इजलासले म्याद थप्न अस्विकार गरेको हो ।

हिजोमात्र न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई हिरासतमा राख्ने प्रक्रियामा गम्भीर त्रुटी औंल्याउँदै परमादेश जारी गरेको थियो । परमादेशसँगै गोल्छालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको थियो ।

हिमालयन रि इन्स्योरेन्सले सेयर दलाल कम्पनी भृकुटी ब्रोकरलाई पौने ३ अर्ब रुपैयाँ एडभान्स दिएको र उक्त रकम अर्का व्यवसायी दीपक भट्टलगायतको व्यक्तिगत नाममा सेयर किनेर दुरुपयोग गरेको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

हिमालयन रिको उक्त रकमबाट शेखर गोल्छाले प्रत्यक्ष लाभ लिएको नदेखिए पनि त्यसबेला उनी कम्पनीको अध्यक्ष रहेकाले दुरुपयोगमा सहयोग गरेको नेपाल धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनले औंल्याएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?