वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीमा दोहोरो पदको लफडा

राष्ट्र बैंकको निर्देशनपछि सहकारी बैंकका ५ सञ्चालक बाहिरीए

राष्ट्र बैंकको निर्देशनपछि सहकारी बैंकका ५ सञ्चालक बाहिरीए
अर्थटुडे
२०८३ बैशाख २६, शनिबार

काठमाडौं । निर्वाचन नजिकिदै गर्दा राष्ट्रिय सहकारी बैंकका ५ जना सञ्चालकले राजीनामा दिएका छन् । कानुन विपरित दोहोरो पद लिएका सञ्चालकहरुलाई हटाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएपछि रमेशप्रसाद पोखरेल, विश्वनाथ मण्डल, पार्वती थापामगर, विजया धिताल र कालिबहादुर महतराले राजीनामा गरेर बाहिरिएका हुन् ।

सहकारी ऐन २०७४ अनुसार एक व्यक्ति एकै पटक दुई संघसंस्थाको सञ्चालक बस्न नपाउने व्यवस्था छ । तर, नियामक निकाय सहकारी विभागले कानुनको प्रावधान लागू गराउन वेवास्ता गर्दा विभिन्न सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष तथा सदस्य नै सहकारी बैंक सञ्चालक बस्दै आएका थिए ।

गत असोजमै राष्ट्र बैंकले कानुन विपरित दोहोरो पदमा बसेका सञ्चालकलाई हटाउन सहकारी बैंकलाई निर्देशन दिएको थियो । तर, बैंकले पुसमा हुने साधारणसभामा निर्वाचन समेत हुन लागेको भन्दै निर्देशन कार्यान्वयनमा आनाकानी गर्दै आएको थियो ।

राष्ट्र बैंकले निर्देशन कार्यान्वयनका ताकेता गरेपछि बैशाख दोस्रो साता सञ्चालकहरुले राजीनामा बुझाएका हुन् । निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेल, सदस्यहरू विश्वनाथ मण्डल, पार्वती थापा मगर, विजया धिताल र कालीबहादुर महतरा राजीनामा बुझाएका हुन् ।

निर्वतमान अध्यक्ष पोखरेल दुई अध्यक्ष परिवर्तन हुँदासम्म पनि निर्वतमान अध्यक्षकै रूपमा सञ्चालक समिति रहेका थिए । त्यसैगरी उनी विराटनगरको स्टार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष र राष्ट्रिय सहकारी बैंकका कार्यवहाक अध्यक्ष पनि हुन् ।

सञ्चालक विश्वनाथ मण्डल राजविराजको जनज्योति कृषि सहकारी संस्थाको सञ्चालक समितिमा छन् । त्यस्तै बैंकका अर्का सञ्चालक पार्वती थापा मगर काठमाडौंको नमो स्तुति बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिमा छिन् ।

त्यसैगरी अर्का सञ्चालक विजया धिताल पनि बाँकेस्थित युनिटी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक र अर्का सञ्चालक कालीबहादुर महतरा पनि कालिकोटको हिमचुली कृषि सहकारी संस्थाको सञ्चालक समितिमा छन् ।

सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा ५ अनुसार कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ । त्यसैगरी सोही ऐनको दफा ४४ को ‘ग’ ले पनि अर्को सहकारी संस्थाको सञ्चालक रहेको अवस्थामा आफ्नो पदमा बहाल रहन नपाउने व्यवस्था छ । सहकारी ऐनको परिभाषामा संस्था भन्नाले सहकारी संघ र बैंकलाई समेत समेटिएको छ ।

ऐनको प्रावधन विपरित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), सहकारी महासंघलगायतका संघसंस्थाहरुमा दोहोरो पदमा बस्दै आएपनि नियामकले कारवाही गर्न सकेको छैन ।

राष्ट्र बैंकले यसअघि बैंक सञ्चालक समितिमा हस्तक्षेप गरेर १३ सदस्यबाट घटाइ ७ मा सीमित गरेको थियो । बैंकबाट लिएको ऋण नतिरेपछि राष्ट्र बैंकको निर्देशन अनुसार अध्यक्ष केबी उप्रेती र सञ्चालकहरु रामबहादुर जीसी, रामहरि बजगाईं, केदार मानन्धर, शिवा थापा र मनोजकुमार थापा मगरलाई पदबाट बर्खास्त गरेको थियो ।

याे पनि पढ्नुहाेस्….

तीन रजिष्ट्रार फेरिए, दोहोरो पद लिने नेतालाई भएन कारवाही

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?