वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दश बर्षसम्म ७ प्रतिशत आर्थिक बृद्धि कायम गर्न कानुन र संस्थागत सुधार गर्ने

दश बर्षसम्म ७ प्रतिशत आर्थिक बृद्धि कायम गर्न कानुन र संस्थागत सुधार गर्ने
अर्थटुडे
२०८३ बैशाख २९, मंगलवार

काठमाडौ । सरकारले सात प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्न “नयाँ चरणको आर्थिक सुधार शृङ्खला” सुरु गर्ने भएको छ । सो शृङ्खला अन्तर्गत बृहत कानुनी र संस्थागत सुधार गर्ने जनाएको छ ।

सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न आगामी दशक औसत वास्तविक आर्थिक वृद्धि दर सात प्रतिशत पुग्ने गरी “नयाँ चरणको आर्थिक सुधार शृङ्खला” अन्तर्गत वृहत् कानुनी र संस्थागत सुधार गरिने जानकारी दिए ।

उनले उत्पादन लागत घटाउन, व्यवसाय गर्ने वातावरण सरल बनाउन, नीतिगत तथा कानुनी अवरोध हटाउन, र स्वदेशी, विदेशी तथा प्रवासी लगानी आकर्षित गर्न आर्थिक उत्प्रेरणाको आधारभूत पुनर्संरचना गरिने दावी गरे ।

त्यस्तै उनले दीर्घकालसम्म स्थिर र पूर्वानुमानयोग्य आर्थिक नीति कायम रहने व्यवस्था गर्दै राष्ट्रिय विकास प्राथमिकता, आयोजना छनोट र कार्यान्वयनमा निरन्तरता सुनिश्चित गर्ने सक्षम संस्थागत संयन्त्र निर्माण गरिने पनि दावी गरे । साथै प्राथमिकताका सबै क्षेत्रको क्षेत्रगत नीति तयार गरी कार्यान्वयन गरिने उनले बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?