काठमाडौं । एनसेलको कार्यालयका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले छामा मारेर केही कागजातहरु जफत गरेको छ । सिआइबीका उच्च स्रोतका अनुसार दुरसंचार प्राधिकरणले गरेको पत्रचारका आधारमा एनसेलमा छापा मारिएको हो ।
गैरकानुनी रुपमा स्मार्ट टेलिकमको सामान लिलामी सकारेको विषयमा एनसेलमाथि अनुसन्धानका लागि सिआइबीले छापा मारेको हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग मिलेर गैरकानुनी रुपमा स्मार्ट टेलिकमको लिलामी स्वीकारेको बारे सम्पुर्ण कागजातहरु जफत गरी अनुसन्धान अगाडी बढाइएको छ ।
सिसआइबी स्रोतका अनुसार प्रहरीले छामा मारेको भन्दा पनि म्यानेजमेन्ट टिमसँग सौहार्दपुर्ण रुपमा केही कागजातहरु अध्ययन, अनुसन्धानका लागि लिइएको हो ।
प्रतिक्रिया