काठमाडौ । विशेष अदालतले व्यवसायी दीपक भट्टमाथि सम्पत्ति शुद्धिकरण गरेको आरोपमा थप अनुसन्धान गर्न १० दिन थप थुनामा राख्न अनुमति दिएको छ । यो भट्टमाथि अनुसन्धानका लागि म्याद थपिएको पाँचौ पटक हो । गत चैत १९ गते सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न भन्दै भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो ।
भट्टमाथि सम्पत्ति शुद्धिकरण सहित धितोपत्र, बीमा र बैंकिङ कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
भृकुटी स्टक ब्रोकिङबाट ३ अर्ब रुपैयाँको सेयर कारोबार इन्साइडर ट्रेडिङ र उधारो गरेको देखिएपछि उनीमाथि सम्पत्ति शुद्धिकरणमा पनि अनुसन्धान गरिएको हो ।
प्रतिक्रिया