काठमाडौ । सरकारले ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग,२०८२’ को प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयकी प्रेस सल्लाहकार दिपा दाहालले जानकारी दिइन् ।
गत माघ २ गते तत्कालिन शुशिला कार्कीको नेतृत्वको सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा तथा जाँचबुझ गर्न आयोग गठन गरेको थियो ।
तत्कालिन सरकारले उच्च अदालतका पूर्व न्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ गर्न आयोग गरेको थियो ।
साे आयोगलाई ३ महिनाको समयसिमा दिइएको थियो ।
प्रतिक्रिया