काठमाडौ । सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्ती गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका बहालवाला सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रबक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । डंगोल पर्यटन मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदै एकैपटकमा सहसचिवमा नाम निकालेका व्यक्ति हुन् ।
प्रतिक्रिया