काठमाडौ । मुलुकको औद्योगिक क्षेत्र विस्तारै सुधार हुदै गएको देखिएको छ । आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक बर्ष खानी तथा उत्खनन क्षेत्रको मुल्य अभिबृद्धिदर ३.५२ प्रतिशत रहने अनुमान गरिएको छ । जुन गत आर्थिक बर्षको तुलनामा १.३९ प्रतिशतले बृद्धि हो । खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा भएको वृद्धि र निर्माण क्षेत्रमा भएको सुधारका कारण मूल्य अभिबृद्धिमा सुधार देखिएको हो ।
यद्यपि, कुल गार्हस्थ उत्पादन (जीडीपी) मा खानी तथा उत्खनन क्षेत्रको योगदान भने गत वर्षको ०.४५ प्रतिशतको तुलनामा सामान्य घटेर ०.४३ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।
आर्थिक सर्वेक्षण अनुसार सिमेन्ट, वनस्पति घिउ, कंक्रिट, फलामे रड, खोटो, सूर्तीजन्य पदार्थ, वायरिङ तार, जुट र बियर लगायत वस्तु उत्पादनमा भएको वृद्धिले यस क्षेत्रलाई चलायमान बनाएको छ ।
त्यस्तै भटमासको कच्चा तेल, फलामे रडको कच्चापदार्थ र कोइला लगायत कच्चापदार्थ आयातमा भएको वृद्धि तथा उत्पादित वस्तुको माग बढेका कारण यस क्षेत्रको वृद्धिदर २.८३ प्रतिशत पुग्ने अनुमान छ । गत आव यस्तो वृद्धिदर २.२७ प्रतिशत थियो ।
जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान ५.७२ प्रतिशत पुग्ने अनुमान छ । गत वर्ष यो क्षेत्रको बृद्धिदर ५.६६ प्रतिशत थियो । निर्माण क्षेत्रपनि यो बर्ष सकारात्मक रहने अनुमान गरिएको छ । चालु आर्थिक बर्षमा यस क्षेत्रको बृद्धिद्धदर २.२१ प्रतिशत रहने अनुमान गरिएको छ । जवकी आव २०७९÷८० र २०८०/८१ मा ऋणात्मक थियो । भने गत बर्ष गत वर्ष यस क्षेत्रको बृद्धिदर ०.९६ प्रतिशतले बढेको थियो ।
निर्माण सामग्री पैठारी र निर्माणजन्य औद्योगिक वस्तुको आन्तरिक उत्पादनमा भएको वृद्धिले निर्माण क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार आएको उल्लेख छ । जीडीपीमा निर्माण क्षेत्रको योगदान ५.३५ प्रतिशतबाट बढेर ५.५२ प्रतिशत पुग्ने अनुमान छ ।
प्रतिक्रिया