वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजेटले नीति क्षेत्र उत्साहित

लगानीमैत्री वातावरण बनाउने खालको बजेटः निजी क्षेत्र

लगानीमैत्री वातावरण बनाउने खालको बजेटः निजी क्षेत्र
अर्थटुडे
२०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौ । सरकारले आगामी आर्थिक बर्ष २०८३/८४ को लागि सार्वजनिक गरेको बजेटप्रति निजी क्षेत्र सकारात्मक र उत्साहित देखिएका छन्। उनीहरुले यो बजेटले लगानीमैत्री वातावरण बनाउने पनि बताए शुक्रबार बजेट भाषणपछि निजी क्षेत्रले पत्रकारहरुसँग प्रतिक्रिया दिदै बजेटले उत्साहित बनाएको तर कार्यान्वयनको पाटो हेर्न बाँकी रहेको बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अन्जनकुमार श्रेष्ठले चुनावी समयमा गरेको प्रद्धिबता अनुसार नै बजेट ल्याएको बताए । उनले भने, ‘सरकारले जुन सयबुँदे घोषणा र चुनावको समयमा जनतासमक्ष गरेको प्रतिवद्धता छ सोही अनुसार बजेट ल्याएको देखिन्छ ।’

उद्योगलाई प्रबद्र्धन गर्ने, नवप्रबद्र्धन गर्ने, बन्द उद्योगधन्दाहरु संचालन गर्ने, रोजगारी सिर्जना गर्ने, औद्योगिकीकरणमा योगदान दिने, निजी क्षेत्रसँगै हिड्ने भनेको छ, यो सकारात्मक कुरो हो, श्रेष्ठले भने, ‘अब कार्यान्वयनको पाटो हेर्न बाँकी छ ।’

श्रेष्ठले पहिले अस्थिर सरकार हुदा बजेट राम्रा आएपनि पुर्ण कार्यान्वयन नहुदा समस्या भएको बताउँदै यो सरकार स्थिर भएकोले कार्यान्वयनको पाटोमा समस्या नहुने आशा व्यक्त गरे । त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले बजेट राम्रो भएपनि कार्यान्वयनको पाटो हेर्न बाँकी रहेको बताए ।

उनले भने, ‘बजेट सुन्दा राम्रो छ, लगानीका कुराहरु, डिजिटलाइजेसनका कुरा, लगानी आकर्षित गर्नका लागि गरिएका कुराहरु राम्रा छन्, हामी डिटेल हेरेर हाम्रो धारणा सार्वजनिक गर्छौ ।’ उनले विगतका बर्षहरुमा पनि बजेट राम्रा आउने तर पुर्ण कार्यान्वयन नहुने देखिएको दोहोर्याए ।

त्यस्तै होटल व्यवसायी महासंघका अध्यक्ष शंकर भण्डारी बजेटले होटल व्यवसायीहरुलाई उत्साहित बनाएको बताए । उनले भने, बजेटले व्यवसायीहरु उत्साहित छौ, बजेटमा आयुर्वेद र स्वस्थसँग पर्यटन जोड्ने, शालिग्राम पथको गरिएको छ । जसले लगानी गर्न चाहने व्यवसायीहरुलाई राम्रो हुन्छ ।’
त्यस्तै उनले बजेटमा सवैभन्दा महत्वपुर्ण उधारो असुली कानुन आएको दावी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?