काठमाडौ । प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको सिमा मिचेको भन्ने अभिव्यक्तिप्रति व्यापक आलोचना भएपछि परराष्ट्र मन्त्रालयले प्रष्टीकरण दिएको छ । परराष्ट्र मन्त्रालयले आइतबार नै एक विज्ञप्ति जारी गरी भनेको छ, “क्रस बोर्डर अकुपेसन“ तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान छन् ।’
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल भारत सिमाना अन्तरगत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ ।’
त्यस्तै विज्ञप्तिमा नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढङ्गले नक्साङ्कन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा क्षेत्रको अतिक्रमण तथा “क्रस बोर्डर अकुपेसन“ को लगत सङ्कलन गर्न दुई देशका सीमासम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील छन्। लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा क्रियाशील छ र संयुक्त रुपमा लगत सङ्कलन गर्ने कार्य भइरहेको उल्लेख गरिएको छ ।
प्रबक्ता क्षेत्रीले प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको पनि उल्लेख गरेका छन् ।
‘संसदमा राख्नुभएको ’कतिपय स्थानमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने’ भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र ’क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया