वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बीमा प्राधिकरणको अध्यक्षको लागि ५० जनाको आवेदन

राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नरदेखि रास्वपाको पुर्व घरवेटीसम्म

राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नरदेखि रास्वपाको पुर्व घरवेटीसम्म
अर्थटुडे
२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५० जनाले आवेदन दिएका छन् । नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नरदेखि कलेको प्रोफेसरसम्मले प्राधिकरणको अध्यक्ष पदकालागि आवेदन दिएका हुन् । मंगलबार अपरान्ह ५ बजे अन्तिम मिति रहेकोमा करिव ५ बज्न लाग्दा अन्तिम उमेदवारले आवेदन दिएका थिए । प्राधिकरणको निवेदन दिनेहरुको नामावली भने अर्थमन्त्रालयले सार्वजनिक गरेको छैन।

अर्थमन्त्रालय स्रोतका अनुसार राष्ट्र बैंकका पूर्व डुपेटी गभर्नर बम बहादुर मिश्र, बीमाविज्ञ डा. रविन्द्र घिमिरे, नेपाल पुनर्बीमा कम्पनीका पूर्व सिईओ शंकर कुमार रायमाझी, नेपाल बीमा प्राधिकरणका निर्देशक कमलराज रेग्मी, उप निर्देशक विरोध भट्टले समेत आवेदन दिएको पाइएको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी डा. राजेन्द्र पण्डित, बिष्णुबाबु मिश्र, झनकराज ढुंगेल, बुद्धकाजी श्रेष्ठ, एशियन लाइफका पूर्व कर्मचारी प्रशान्त धमला, सुनिल देवकोटा र बिक्रान्त पाण्डेको उम्मेदवारी परेको छ । देवकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व घरवेटी हुन् ।

तत्कालिन अध्यक्ष शरद ओझा नियुक्ती गरेको ६ महिनामा नै आयोग्य भनेर बर्खास्तीमा परेपछि तत्कालिन सरकारले गठन गरेको समितिले २०८२ भदौ १४ गते अध्यक्षको लागि दरखास्त मागेको थियो ।

तर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले प्रकृया स्थगित भएको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?