काठमाडौं । जोन्टा क्लब काठमाडौंले विदुषी राणालाई संघीय सांसद भएकाेमा बधाई दिएकाे छ । सांसद भएसँगै निजी क्षेत्रको विकास, सामाजिक सेवा तथा नेतृत्वप्रतिको राणाकाे दीर्घकालीन प्रतिबद्धताकाे कदर भएकाे पनि जाेन्ता क्लव काठमाडाैले जनाएकाे छ ।
विदुषीको नेपालको संसदमा तथा त्यसपछि संसदीय अर्थ समितिमा नियुक्ति हुनु जोन्ता क्लब काठमाडौंका लागि अत्यन्त गर्वको विषय रहेकाे बताउँदै निवर्तमान जिल्ला गभर्नर श्रीजना राणाले याे उपलब्धिले जोन्टाले विश्वभर प्रवर्द्धन गर्ने नेतृत्व, सेवा, वकालत तथा महिला सशक्तीकरणका मूल्यहरूलाई झल्काउने बताइन।
जोन्टा क्लब काठमाडौंकी सक्रिय तथा सम्मानित सदस्य विदुषी राणाले विगतका वर्षहरूमा क्लबका सेवा तथा पैरवीसम्बन्धी विभिन्न कार्यक्रमहरूमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकी छिन् । विशेषगरी महिला अधिकार, लैङ्गिक समानता तथा सामुदायिक सचेतनासम्बन्धी कार्यक्रमहरूको प्रवर्द्धनमा उनको नेतृत्वदायी भूमिका रहेको जाेन्ता क्लवले जनाएकाे छ ।
क्लबको ‘महिलाहिंसा विरुद्धको समिति’ की संयोजकका रूपमा राणाले सन् २०२२ को अभियानको नेतृत्व गरेकी थिइन् । उक्त अभियानअन्तर्गत छोटा चलचित्र निर्माण, सडक नाटक, सामुदायिक अन्तरक्रिया तथा सामाजिक सञ्जालमार्फत जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएकाे थियाे।
सफल उद्यमीका रूपमा उनकाे अनुभव, निरन्तर सेवा भावना तथा नेतृत्व क्षमताले समावेशी, न्यायपूर्ण र समृद्ध नेपालको निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको जाेन्टा क्लव काठमाडाैले जनाएकाे छ । साथै, महिला तथा बालिकाका लागि अझ राम्रो संसार निर्माण गर्ने साझा लक्ष्यलाई अघि बढाउन उनकाे भूमिका थप प्रभावकारी रहने विश्वास गरिएको पनि क्लवले जनाएकाे छ ।
त्यस्तै ३१ मे २०२६ मा सम्पन्न क्लबको वार्षिक साधारणसभाका अवसरमा आगामी अध्यक्ष मृदुला राजभण्डारी तथा क्लबका सदस्यहरूले उनलार्ई राष्ट्रिय जिम्मेवारी प्राप्त गरेकोमा विशेष सम्मान गरेका थिए।
यसअघि, ६ अप्रिलमा आयोजित जोन्टा क्लब काठमाडौंको साधारणसभामा एरिया डाइरेक्टर–२ मीरा ज्योति, निवर्तमान जिल्ला गभर्नर श्रीजना राणा, जोन्टा क्लब काठमाडौंकी अध्यक्ष बीना राणा तथा बोर्ड सदस्यहरूले संयुक्त रूपमा उनलार्ई सम्मान गरेका थिए।
प्रतिक्रिया