वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

व्यापारघाटा १६ खर्ब १६ अर्ब, सवैभन्दा बढी आयात डिजेलको

व्यापारघाटा १६ खर्ब १६ अर्ब, सवैभन्दा बढी आयात डिजेलको
अर्थटुडे
२०८३ असार ८, सोमबार

काठमाडौ । चालु आर्थिक बर्षको ११ महिनामा नेपालको व्यापारघाटा १५.६७ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षको जेठ मसान्तसम्ममा १३ खर्ब ९७ अर्ब रुपैयाँ रहेको व्यापारघाटा चालु आर्थिक बर्षको सोही अवधिमा १६ खर्ब १६ अर्ब रुपैयाँले व्यापार घाटा रहेको भन्सार विभागले जनाएको छ ।

त्यस्तै चालु आर्थिक बर्षको ११ महिनामा नेपालमा १८ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो भने २ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ ।

भन्सार विभागका अनुसार आयातित बस्तुमा सवैभन्दा बढी डिजेल रहेको छ । चालु आर्थिक बर्षको ११ महिनामा १ खर्ब ५२ करोड रुपैयाँ बराबरको डिजेल भित्रिएको छ । त्यस्तै दोस्रो नम्बरमा भटमास तेलको कच्चा पदार्थ रहेको छ ।

यस अवधिमा १ खर्ब १९ करोड रुपैयाँ बराबरको भटमासको तेलको कच्चा पदार्थ रहेको छ । त्यसैगरी तेस्रो नम्बरमा स्पन्ज आइरन रहेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार ११ महिनामा नेपालमा ५३ अर्ब ५९ करोड रुपैयाँ बराबरको स्पन्ज आइरन नेपाल भित्रिएको छ । त्यस्तै एलपी ग्याँस, स्मार्ट फोन लगायतका सामानको आयात भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?