वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गैरबैंकिङ सम्पत्ति थुप्रिदै गएपछि लीजमा दिन पाउने व्यवस्था माग

गैरबैंकिङ सम्पत्ति थुप्रिदै गएपछि लीजमा दिन पाउने व्यवस्था माग
अर्थटुडे
२०८३ असार १२, शुक्रबार

काठमाडौं । बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति थुप्रिदै गएपछि यसको व्यवस्थापनका लागि बैंकरहरूले नयाँ विकल्प अघि सारेका छन् ।

नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव बुझाउँदै गैरबैंकिङ सम्पत्तिलाई भाडा (लीज) मा दिन पाउने गरी कानूनी व्यवस्था गर्न माग गरेको हो । अहिले बैंकहरुले यस्तो सम्पति आफैले प्रयोग गर्न वा भाडामा लगाउन पाउदैनन् । जसको कारण अबौंको सम्पत्ति अलपत्र परिरहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)को वैशाखसम्ममा बैंक, वित्तीय संस्थाहरूसँग गैरबैंकिङ सम्पत्ति ५४ अर्ब ११ करोड रुपैयाँ बराबरको छ । ३ वर्षको अवधिमा यस्तो सम्पत्ति १८९ प्रतिशतले वृद्धि भएको छ ।

बैंकहरुको खराब कर्जा वृद्धिसँगै धितो लिलामीसमेत हुन नसकेपछि गैरबैंकिङ सम्पत्ति उच्च भएको हो । बैंकहरूले लिलामबाट विक्री हुन नसकेको धितोलाई आफ्नो नाममा राख्दा गैरबैंकिङ सम्पत्तिका रुपमा राख्नुपर्छ ।

बैंकहरूको अधिकांश गैरबैंकिङ सम्पत्तिमा घरजग्गा रहेकाले भाडामा लगाउन पाउने व्यवस्था गर्न बैंकरहरूले माग गरेका हुन् ।

बैंकको नाममा आएको यस्तै सम्पत्ति उपयोगविहीन अवस्थामा रहेको र तत्कालै विक्री हुने सम्भावनासमेत नभएकाले भाडामा लगाउने व्यवस्था गर्न माग गरिएको नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?