वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

देशको अर्थतन्त्र ३.५१ प्रतिशतले बढ्ने् अनुमान

देशको अर्थतन्त्र ३.५१ प्रतिशतले बढ्ने् अनुमान
अर्थटुडे
२०८३ असार २२, सोमबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास माघ‐चैतमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यलयले सोमबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान अनुसार चालु आवको तेस्रो त्रैमासमा ३.५१ प्रतिशतले जीडीपी बढ्ने देखिएको हो । यसमा मौसमी प्रभाव समावेश नगरिएको कार्यालयले जनाएको छ ।

आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा अर्थतन्त्रका विभिन्न क्रियाकलापहरूभएको सुधार कारण उक्त वृद्धिदरको अनुमान गरिएको हो ।

विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम कलेक्सन, र व्यापार सेवामा भएको सुधारका कारण यो वृद्धिदर हासिल हुन पुगेको कार्यालयले जनाएको छ । यद्यपि, निर्माण सामाग्रीको आयातमा कमी, धान वालीको उत्पादनमा गिरावट र केही वस्तुहरूको घरेलु उत्पादन घटेका कारण समग्र वृद्धिदर सामान्य अवस्थामै सीमित तथ्यांक कार्यालयले जनाएको छ ।

१८ वटा औद्योगिक वर्गीकरणहरू मध्ये १६ वटा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ । यस अवधिमा सबैभन्दा उच्च वृद्धि विद्युत, ग्याँस, वाफ तथा वातानुकूलित आपूर्ति क्षेत्रमा २४.८८ प्रतिशत देखिएको छ ।

त्यसैगरी, वित्तीय तथा बिमा सम्बन्धी क्रियाकलापमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारणमा ७.८३ प्रतिशत, र थोक तथा खुद्रा व्यापार क्षेत्रमा ५.२५ प्रतिशतको धनात्मक वृद्धि भएको प्रारम्भिक अनुमान छ ।

अर्कोतर्फ, अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर धान बाली उत्पादनमा ह्रास आए तापनि पशुपालन र तरकारी उत्पादनमा भएको सामान्य सुधारले गर्दा १.५८ प्रतिशतमा सकारात्मक रहेको छ । यस्तै, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा १.५९ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा ०.५४ प्रतिशतको ऋणात्मक वृद्धि देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?