वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एडिबीका अध्यक्ष मासातो काण्डा काठमाडाैमा, प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार भेट्ने

एडिबीका अध्यक्ष मासातो काण्डा काठमाडाैमा, प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार भेट्ने
अर्थटुडे
२०८३ असार २२, सोमबार

काठमाडौ । एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष मासातो कान्डाले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार विहान १० बजे भेट्ने कार्यक्रम रहेको छ । तर प्रधानमन्त्रीले एक्लै भेट्ने की समुहमा भेट्ने भन्नेबारे अझै निर्णय भइनसकेको प्रधानमन्त्री कार्यालयका उच्च स्रोतले जनाएको छ ।

‘सोमबार विहान पनि अर्थमन्त्रीको सचिवालयका व्यक्ति सोध्न आउनुभएको थियो तर प्रधानमन्त्रीले जवाफ दिइनसकेको हुनाले अझै कन्फर्म गर्न सकिएन ।’ प्रधानमन्त्री कार्यालयका ति अधिकारीले भने ।

अध्यक्ष सोमबार र मंगलबार नेपाल बस्नेछन् । बालेन्द्र शाहको नेतृत्वको सरकार बनेपछि पहिलो पटक एसियाली विकास बैंकका नेतृत्व नेपालमा आएको हो । अध्यक्ष मासातो प्रधानमन्त्रीसँग भेट्न उत्सुक छन् । उनले केही समयअघि पनि नेपालका युवा प्रधानमन्त्री शाहको प्रशंसा गर्दै आफूहरु सहकार्य गर्न उत्सुक रहेको बताएका थिए ।

नेपाल आएपछि सोमबार विहान सामाजिक संजाल लिंकडिनमा फोटो राख्दै उनले नेपालले पटक पटक दोहोरिरहेका धक्काहरु र ठूलो परिवर्तनका बेलामा आसाधारा उत्थानशीलता देखाएको भन्दै प्रशंशा गरेका छन् । उनले अगाडी लेखेका छन्, ‘एडिबीको ३ अर्ब ९० करोड डलर सक्रिय लगानी रहेको नेपालकै सबैभन्दा ठूलो विकास साझेदारको रूपमा हामीले यो उत्थानशीलतालाई दीर्घकालीन प्रगतिको रूपमा परिणत गर्न, थप अवसरहरु सृजना गर्न तथा दीर्घकालीन आर्थिक वृद्धिका आधार तयार गर्न नेपाललाई सहयोग गर्नेछौं ।’

‘नेपालको नयाँ सरकारले आफ्ना प्राथमिकताहरू तय गर्दैछ, यो भ्रमणलाई मैले विगत ६ दशकभन्दा लामो साझेदारीका अनुभवका आधारमा देशको अर्को अध्यायलाई एडीबीले कसरी सक्छ भन्ने विषयमा सुन्ने, सिक्ने र छलफल गर्ने अवसरका रुपमा लिएको छु ।’ उनले लिंकडिनमा लेखेका छन् ।

आइतबार नेपाल आइपुगेका अध्यक्ष मासातोलाई स्वागत गर्न अर्थसचिव घनश्याम उपाध्याय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सदस्य राष्ट्रहरूले एडिबी अध्यक्षलाई राष्ट्र प्रमूखको जस्तै स्वागत र व्यवहार गर्ने चलन छ ।

नेपालको दोस्रो ठूलो विकास साझेदार रहेको एडिबीले सन् २०२४ सम्ममा एसियाली विकास बैंकले नेपाललाई ४ खर्ब ६० अर्ब ८८ करोड भन्दा बढी रकम बराबरको सहयोग गरेको थियो । एडिबीले नेपाललको लागि ५१९ वटा ऋण, अनुदान र प्राविधिक सहयोगका परियोजनामा स्वीकृत गरेको छ ।

नेपालको उर्जा, प्रसारण लाइन, सव स्टेसन, विद्युत वितरण आधुनिकीकरणमा एडिीले सहयोग गरेको छ । हाल एडिबी सहयोगका करिब करिब ६ खर्ब रुपैयाँबराबरका परियोजनाहरु सञ्चालनमा छन् ।

उनले नेपालमा रहँदा एडीबीको सहयोगमा निर्माण भएका विभिन्न विकास परियोजनाको भ्रमण पनि गर्ने कार्यक्रम छ ।
काण्डाको नेपाल भ्रमणका क्रममा भन्सार तथा पारवहन र खानेपानी तथा ढलनिकाससम्बन्धी दुई सहयोगमा हस्ताक्षर पनि हुने जानकारी अर्थ स्रोतले दियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?