वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा साढे ३७ खर्ब विदेशी मुद्रा,२२.५ महिनाको सामान आयत गर्न पुग्ने

नेपालमा साढे ३७ खर्ब विदेशी मुद्रा,२२.५ महिनाको सामान आयत गर्न पुग्ने
अर्थटुडे
२०८३ असार ३०, मंगलवार

काठमाडौ । चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा कुल विदेशी विनिमय संचिति ४०.३ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा नेपालमा कुल विनिमय संचिति ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

केन्द्रिय बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को दश महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त पुग्ने देखिन्छ ।

गत आर्थिक बर्षको असार मसान्तसम्ममा नेपालमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबरको विदेशी विनिमय सञ्चिति रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ जेठ मसान्तमा २६.५ प्रतिशतले वृद्धि भई २४ अर्ब ६८ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८३ जेठ मसान्तमा ३७.९ प्रतिशतले वृद्धि भई ३३ खर्ब ३० अर्ब ७ करोड पुगेको छ ।

२०८३ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेकोछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?