काठमाडौ । मन्त्रीपरिषद्को बैठकले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी प्रतिवेदनहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले विगतका विभिन्न आयोगहरूको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सरकारले विभिन्न समयमा गरिएको आयोगको प्रतिवेदन लागु गर्ने निर्णय गरेको जानकारी दिए ।
मिटरब्याज पीडितहरू केही दिनदेखि जनकपुरबाट ¥यालीसहित काठमाडौंका लागि हिंडेका थिए । मंगलबार मात्रै गृहमन्त्री सुधन गुरुङ मिटरव्याज पीडितहरुलाई बारा नै पुगेर उनीहरूसँग वार्ता गरेका थिए ।
प्रतिक्रिया