वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्जीवन बीमा व्यवसाय १५ प्रतिशतले बढ्यो, एक वर्षमा आधा खर्ब बीमाशुल्क

निर्जीवन बीमा व्यवसाय १५ प्रतिशतले बढ्यो, एक वर्षमा आधा खर्ब बीमाशुल्क
अर्थटुडे
२०८३ श्रावण १४, बिहीबार

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले २०८२/८३ मा २९ लाख ६६ हजार बीमालेख जारी गरी ५० अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

अघिल्लो आव २०८१/८२ मा २८ लाख ६४ हजार बीमालेखमार्फत ४३ अर्ब ९५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय १५ दशमलव १२ प्रतिशतले बढेको छ । मोटर, इन्जिनियरिङ तथा ठेक्का जोखिमसम्बन्धी बीमालेखको बिक्री बढेपछि निर्जीवन बीमा क्षेत्रको समग्र कारोबारमा उल्लेख्य सुधार देखिएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार एक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन ६ अर्ब ६५ करोड रुपैयाँले बढेको छ । यस्तै बीमालेखको संख्या पनि एक लाख दुई हजारले वृद्धि भएको छ ।

कम्पनीहरुले मोटर बीमाबाट मात्रै २ अर्ब ५८ करोड रुपैयाँ र इन्जिनियरिङ बीमाबाट २ अर्ब ९ करोड रुपैयाँ थप संकलन भएको गरेका छन् । निर्जीवन बीमा व्यवसायमा सबैभन्दा ठूलो हिस्सा मोटर बीमाको छ । कुल बीमाशुल्कमा मोटर बीमाको हिस्सा करिब ३० प्रतिशत रहेको छ ।

हाल १४ वटा निर्जीवन बीमा कम्पनीले व्यवसाय सञ्चालन गर्दै आएका छन्। तीमध्ये गत आवमा सबैभन्दा बढी बीमाशुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । कम्पनीले ६ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क उठाएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?