वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्थानीयलाई अंकित मुल्यमा नै सेयर उपलव्ध गराउ : अर्थसमिति

स्थानीयलाई अंकित मुल्यमा नै सेयर उपलव्ध गराउ : अर्थसमिति
अर्थटुडे
२०८३ श्रावण २२, शुक्रबार

काठमाडौ । अर्थ समितिले स्थानीय बासिन्दालाई अंकित मुल्यमा नै सेयर उपलव्ध गराउन निर्देशन दिएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीय बासिन्दालाई अंकित मूल्यमा नै सेयर उपलव्ध गराउन सरकार र नियामकीय निकायलाई निर्देशन दिएको हो ।

केही जलविद्युत कम्पनीहरुले स्थानीय बासिन्दालाई समेत प्रिमियममा आइपीओ जारी गर्न खोजेका थिए । तर स्थानीय बासिन्दाहरुले अस्वीकार गरेपछि सो विवाद अर्थसमितिमा पुगेको थियो ।  हाल ३४ आयोजनाको १७ अर्ब ७१ करोडको आईपीओको पाइपलाईनमा रहेका छन् ।

अर्थसमितिले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीयका लागि छुट्याइएको १० प्रतिशत शेयर अंकित मूल्यमै उपलब्ध गराउनु पर्ने कानुनी मनसाय रहेकाले यसलाई कार्यान्वयन गर्न निर्देशन दिइएको जानकारी दिएको छ ।

यदी सो निर्देशन कार्यान्वय नभएमा समितिमा पुनः जानकारी दिनुपर्ने छ । यसअघि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रिमियम मूल्यमा सेयर किन्दा स्थानीयको पहुँच सीमित हुने र आयोजनाप्रति अपनत्व कम हुने भन्दै अंकित मूल्यमै सेयर दिनुपर्ने माग राख्दै आएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?