वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्ततः चिन र भारतसामु झुके प्रधानमन्त्री शाह

सोमबार दुवै देशका राजदुतसँग एक्ला एक्लै भेट

सोमबार दुवै देशका राजदुतसँग एक्ला एक्लै भेट
अर्थटुडे
२०८३ श्रावण २५, सोमबार

काठमाडौ । अन्ततः प्रधानमन्त्री बालेन्द्र शाह दुई ठूला छिमेकीसामु झुकेका छन् । राजदुतहरुसँग छुट्टाछुट्टै नभेट्ने अडान लिएर बसेका प्रधानमन्त्री शाहले प्रधानमन्त्री बनेकाे चार महिना १२ दिनपछि सोमबार छिमेकी मुलुक भारत र चीनका राजदुतहरुसँग छ्ट्टा छ्ट्टै भेटेका हुन् ।

पछिल्लो समयमा प्रधानमन्त्री शाहको व्यापक विरोध हुन थालेपछि आर्थिक क्षेत्रका विभिन्न व्यक्तिहरुसँग भेट्दै छिमेकी राष्ट्रका राजदुतहरुसँग भेट्ने वातावरण मिलाइरहेका थिए ।

पहिले नै राजदुतहरुसँग एक्ला एक्लै भेट्दा आलोचना खेप्नुपर्ने डर भएपछि प्रधानमन्त्री शाहले विस्तारै निजी क्षेत्रका मानिसहरुसँग भेटेर उनीहरु भेट्ने चाजोपाँजो मिलाएका हुन् ।

विश्वकै शक्तिशाली देशमध्येको दुइदेश नेपालको छिमेकी मुलुकहरु हुन् । उनीहरुसँगको सम्बन्ध सुमधुर बनाउनुको विकल्प नरहेको र प्रधानमन्त्री शाहले आफूलाई सोही अनुसार तयार नगर्दा यो अवस्था आएको परराष्ट्रविद्हरुको आँकलन छ ।

राजदुतहरुलाई सामुहिक भेट गरेका शाहले पछिल्लो समयमा जनताले सोचेअनुरुप काम गर्न नसक्दा आलोचना भइरहेको छ । सोही आलोचना मथ्थर बनाउने प्रयासमा प्रधानमन्त्री शाह लागिरहेका छन् ।

भेटवार्ताका क्रममा द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा श्रीवास्तवले दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री शाहले भारत र चिनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?