वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको भाउ ९ हजार बढ्यो, प्रतितोला सवा ३ लाख

सुनको भाउ ९ हजार बढ्यो, प्रतितोला सवा ३ लाख
अर्थटुडे
२०८३ भाद्र ४, बिहीबार

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको हो । यसअघि बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ थियो ।
यसैगरी बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य २६० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?