वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकका गभर्नरको कार्यकाल तीन वर्ष राख्न प्रस्ताव, थप दुई वर्ष पुनर्नियुक्ति गर्न सकिने

राष्ट्र बैंकका गभर्नरको कार्यकाल तीन वर्ष राख्न प्रस्ताव, थप दुई वर्ष पुनर्नियुक्ति गर्न सकिने
अर्थटुडे
२०८३ भाद्र ४, बिहीबार

काठमाडौं । अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकालसम्बन्धी व्यवस्थामा संशोधन गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन संसोधनका लागि दफावार छलफल गर्दै समितिले मूल ऐनको दफा १८ को उपदफा (१) मा रहेको ‘कार्यकाल’ शब्दपछि उल्लेख गरिएको ‘पाँच’ वर्षको सट्टा ‘तीन’ वर्ष कायम गर्ने निर्णय गरेको हो ।

हाल राष्ट्र बैंकका गभर्नरको कार्यकाल पाँच वर्ष छ । विद्ययेकमा “नेपाल सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा मनासिब देखेमा कार्यकाल समाप्त भएको गभर्नर, डेपुटी गभर्नर र सञ्चालकलाई दुई वर्षका लागि पुनः नियुक्ति गर्न सक्नेछ ।” भन्ने व्यवस्था राख्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?